पुतली बगैँचामा किन बनेन संसद भवन ?

कार्तिक १५, काठमाडाैं । संघीय संसद्को आफ्नै भवन बनाउने भने पनि सचिवालयले पर्याप्त चासो नदिँदा भवन निर्माणकार्य रोकिएको छ । सिंहदरबारभित्रै संसद् भवन बनाउने निर्णय गरेर सरकारले पुतली बगैँचामा जग्गा छु्ट्याए पनि निर्माण हुन नसकेको हो । सिंहदरबारबाहिर भवन बनाउने गरी जग्गा खोज्नेक्रममा सचिवालय रहेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

सिंहदरबारबाहिर सचिवालयले संसद् भवन बनाउने सोच बनाएकाले आफूहरूले त्यसतर्फ ध्यान नदिएको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिका प्रमुख रामप्रसाद बेल्वासेले बताए । सचिवालयले सिंहदरबारभित्रै भवन निर्माण गर्न चाहे आफूहरूले आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५५ मै सिंहदरबारस्थित पुतली बगैँचाको जग्गामा संसद् भवन बनाउने निर्णय गरेको थियो । तर, राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एकै ठाउँमा रहँदा संकुचन हुने भन्दै संसद् भवन सिंहदरबारबाहिरै बनाउनुपर्ने आवाज उठेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =