जोशी सर्वोच्च फर्किए महाभियोग

“
काठमाडौँ, भदौ २६ । संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका दीपकराज जोशीलाई सर्वोच्च अदालतको काममा फर्केमा महाअभियोग लाउने सत्तापक्षिय दलले नै चेतावनी दिएको छ । सर्वोच्च फर्किंदै गर्दा महाअभियोगको सामना गर्ने तयारी पनि गर्न नेकपाका सांसदले चेतावनी दिएका हुन् ।
संसदीय सुनुवाइबाट अस्वीकृत भइसकेको व्यक्ति न्यायाधीशका लागि अयोग्य हुने भएकाले सर्वोच्च फर्कन नमिल्ने नेकपाको तर्क छ । तर जोशीले बिदा समाप्त भएलगत्तै आफू सर्वोच्च फर्कने बताइरहेको समयमा नेकपाका सांसदहरुले जोशीलाई महाअभियोग लगाउने चेतावनी समेत दिएका छन् ।
एक कर्मचारीमार्फत जोशीलाई सुनाइदिनु भनी कि त महाअभियोगका लागि तयार रहन नत्र अदालत नफर्कनु भनिएको छ । तर जोशीले भने आफू सर्वोच्च छिट्टै फर्कने बताएका छन् ।
जोशीले प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई आफैले सर्वोच्च परिसरमा स्वागत गरेका थिए । पदभार हस्तान्तरणसँगै आयोजित पत्रकार सम्मेलनमा मिश्रसँगै बसेका थिए । मिश्रलाई जोशीको बारेमा प्रश्न गर्दा सबै जना मिलेर जाने बताएका थिए। तर मंगलबार भने जोशी सर्वोच्च हाजिर भएका छैनन्।
आफ्नो नाम अस्वीकृत भएपछि उनी बिदामा बसेका छन् ।
“








