मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध,यात्रु अलपत्र
२०७४ जेठ १५ गते

काठमाडौं, भदौ १५ । पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । रातभर परेको पानीका कारण खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
मुग्लिन–नारायणगढ सडकखण्डको सेती दोभान, भोर्लेपुल, १७ किलो, चारकिलो, कालीखोला लगायत १० भन्दा धेरै ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ ।
पहिरोले गर्दा जुगेडीबाट मुग्लिनतर्फ गाडी पास गराइएको छैन भने काठमाडौंबाट जाने गाडी पनि मुग्लिनमा नै रोकिएको छ । पहिरोले गर्दा रातको समयमा रोकिएका गाडी पनि चल्न सकेको छैन ।
यो सडकखण्डमा लामो जाम छ । धेरै ठाउँमा पहिरो खसेकाले बाटो खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो पन्छाउने काम भइरहे पनि पानी परिरहेकाले कठिनाई भएको प्रहरीले जनाएको छ ।
यस्तै रातिको पानीले गर्दा झापालाई पूर्वी पहाडी जिल्लासँग जोड्ने मेची राजमार्ग पनि अवरुद्ध भएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








