पेट्रोलियम डिलर्स, आयल निगम र ट्यांकर चालकबीच लफडा

चुमन बस्नेत, विराटनगर । पेट्रोलियम डिलर्स, आयल निगम र ट्यांकर चालकबीच लफडा भएको छ ।ट्यांकरको एक चेम्बर अर्थात् १० हजार लिटर पेट्रोल पम्पको भूमिगत ट्यांकीमा अनलोड गर्नेक्रममा ६० देखि ८० लिटर र त्यही परिमाणमा डिजेल खन्याउँदा ४० देखि ६० लिटर कम (सर्टेज) हुने गरेको पेट्रोलियम व्यवसायीको दाबी रहेको छ । उनीहरूका अनुसार तापक्रमलगायत समस्याले २० देखि २५ लिटर पेट्रोलियम पदार्थ सर्टेज हुनु सामान्य हो ।तर, निगमको डिपोबाट ट्यांकरमा र ट्यांकरबाट पम्पको ट्यांकीसम्म खन्याउँदा पेट्रोलियम पदार्थको कमी सय लिटरसम्म नाघ्न थालेपछि डिलर्स एसोसिएसन, निगम र ट्यांकर चालकबीच ‘दोषारोपण’ गर्नेक्रम विराटनगरमा बढेको हो ।
निगमको डिपोबाट ट्यांकरमा खन्याइएको पेट्रोलियम पदार्थको परिमाण पम्पमा पुग्दा कसरी कम हुन्छ ?आखिर बाटोमै तेल हराउँछ कि अरू केही कारण हो ? यही कुरा खोतल्न मंगलबार विराटनगरको एबीपेट्रोलपम्पमा प्राविधि राखेर डिलर्स एसोसिएसनले अनुसन्धान गर्न खोज्यो ।पम्पको डिजेल र पेट्रोलको दुवैभूमिगत ट्र्यांकीलाई खाली गरेर ड्राई गरियो ।पम्पले रसिद काटेको २ हजार ९ सय ७६ लिटर डिजेल लिएरट्यांकर पम्पमा आइपुगे ।निगमको डिपोबाट ट्यांकरमा र ट्यांकरबाट पम्पको ट्यांकीसम्म खन्याउँदा पेट्रोलियम पदार्थकोकमी सय लिटरसम्म नाघ्न थालेपछि डिलर्स एसोसिएसन, निगम र ट्यांकर चालकबीच‘दोषारोपण’ गर्नेक्रम विराटनगरमा पनि बढेको थियो।
तापक्रम र अन्य अवस्था जाँच गरेर ट्यांकरको डिजेल पम्पको भूमिगत ट्र्यांकीमा खन्याइयो । भूमिगत ट्यांकीमा खन्याइएको डिजेल फेरि पम्पको नोजलमार्फत ट्यांकरमै हालियो । यसरी गर्दा तेल कहाँ हराउँदो रहेछ भन्ने पत्ता लाग्ने डिलर्स एसोसिएसनको आशा थियो । त्यही भएर कोसी पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष मुकुन्द न्यौपानेकै एबी पेट्रोल पम्प अनुसन्धानका लागि छनौट गरिएको थियो ।

भूमिगत ट्यांकीमा ट्यांकरबाट खन्याइएको २ हजार ९ सय ७६ लिटर डिजेल पम्पको नोजलमार्फत फेरिट्यांकरमा पुर्याउँदा २ हजार ९ सय ७४ लिटर पुग्यो । अर्थात् २ लिटर मात्रै कम (सर्टेज) देखियो । ‘यो त हुनैसक्दैन,’ एसोसिएसनका महासचिव सुनील विरलाले अचम्म मान्दै भने, ‘निगम र ट्यांकरले चलाखी गरेको देखिन्छ।’ पेट्रोलियम व्यवसायीको आशंका के छ भने ‘हामीले नाँपतौल गर्न लागेको थाहा पाएर कम सर्टेज हुनेट्यांकर निगम र चालकको मिलेमतोमा पठाएको हो ।’
आयल निगमले नयाँ ट्यांकरमा पेट्रोलियम पदार्थ पम्पमा पठाउन लागेको थाहा पाएपछि डिलर्सएसोसिएसनले पुरानो लटको ट्यांकरमा तेल बजार पठाउन मंगलबार बिहानै निगमलाई आग्रह गरेको थियो । ‘नयाँ ट्यांकरमा तेल धेरै सर्टेज हुँदैन भनेर पुरानो लटमा पठाउन भनियो,’ एसोसिएसनका महासचिव विरलालेभने, ‘हामीले सर्टेज पत्ता लगाउन लागेको थाहा पाएर होला, पुरानो लटको पनि राम्रो ट्यांकरमा तेल हालेरपठाइदियो ।’
पेट्रोलियम डिलर्स एसोसिएसनका उपाध्यक्ष अरविन्द शर्माले ट्यांकर र तेलको परिमाणमा चलाखी गरिएकोदेखिएकाले मंगलबारको नापतौललाई आधिकारिक नमानिने बताए ।‘अरू दिन पम्पमा तेल आउँदा सयलिटरसम्म सर्टेज हुन्थ्यो,’ उनलेभने, ‘अ हिले नापतौल गर्दा २ लिटर मात्रै, यो सब चलाखी गरिएकोदेखिन्छ ।’विराटनगरस्थित एबी पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ नापतौल गरिँदै ।








