धान खेतमा फेला पर्यो कपडा व्यापारीको शव, हत्याको आशंका

काठमाडौँ, भदौ २६ । झापामा एक कपडा व्यापारीको हत्या भएको छ ।

कमल गाउँपालिका ६ मंगलबारे निवासी ३८ वर्षीय खेमराज पौडेलको  हत्या भएको प्रहरीले जनाएको हो । मृतकको टाउकोमा र घाँटीमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले गौरीगञ्जका सद्दाम हुसेनलाई पक्राउ गरेको छ । मृतक व्यापारी पौडेलको शव गौरीगञ्ज ६ स्थित बाह्रसुद्दीमा रहेको विनोद कुमार यादवको धान खेत नजिकै रहेको नालामा मंगलबार बिहान फेला परको हो ।

प्रहरीका अनुसार सोमबार मे ७ प १९०४ नम्बरको मोटरसाइकलमा हुसेनलाई लिएर व्यापारी पौडेल रकम उठाउन हिँडेका थिए । हुसेनले पौडेलसँग १ लाख ऋण लिएको प्रहरीले जनाएको छ । हुसेनसँग गएका पौडेल रातिसम्म नफर्किएपछि श्रीमतीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा घटनाको जानकारी गराएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल फोन, व्याग फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *