करेन्ट लागेर एक जनाको मृत्यु
२०७४ जेठ १५ गते

डडेल्धुरा, भदौ ६ । डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कैलालीको हशुलीया गाउँपालिका घर भएका ३५ वर्षीय सुन्दर चौधरीको आज बिहान ८ बजे मृत्यु भएको हो ।
नेपाली सेनाको गरुड दल गुल्म जोगबुडाको क्याम्प निर्माण गर्ने क्रममा करेन्ट लागेर चौधरीको ज्यान गएको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी नायव निरिक्षक गोविन्दसिंह बोहराले जानकारी दिनुभयो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








