नेपाली चेलीलार्इ बलात्कार गर्ने बंगाली नागरिक साइमन

मंसिर १३, काठमाडाैं । सिधा कुरा जनतासँग कार्यक्रमको यस अघिको अङ्कमा निधन भैसकेकि एक युवतीकको रहस्यमय भिडियो प्रसारण गरेका थियौँ । आत्महत्या गर्नु अघि आफुलार्इ कसैले आत्महत्याको अवस्थामा पु¥याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो रेर्कड गरेकी यी युवती गोरखा आरुघाट २ मान्वकी अस्टमी गुरुङ थिइन । उनको सब सँगै आएको उन्को ब्यागमा फोन भेटियो । फोनमा उन्का आफन्तले हेर्दा अष्टमीले म्योसज रेकर्ड गरेकी रहेछिन् । उनाका आफन्तले यो मोबाइल चेक गर्दा भिडियो भेटिएको हो । जसले अस्टमीले आत्महत्या नगरी उनको हत्या भएको कुरालाई पुष्टि हुन्छ । हामीले प्रसारण गरे लगत्तै संसार भरका नेपालीको ध्यान आर्कषण भएको छ ।

भिडियोमा उनले आफूलाई बलात्कार गर्ने अरेवियन गल्फ जेनेरेज म्यान्टिनेन्स एण्ड क्लिनिङ एजेन्सी सुपरभाईजरको नाम लिएकी छिन् । साईमन काजी भन्ने ती बंगलादेशी व्यक्ति हुन् । यिनको फोटो र डिटेल एनआएएन युएइका अध्यक्ष रमेश श्रेष्ठले उपलब्ध गराएका छन्द । श्रेष्ठ कुनै पनि हालतमा ती व्यक्तिलाई समात्नु पर्ने भन्दै लागि परेका छन् । हामीले अस्टमीलाई विदेश पठाउने पारामोड ओभरसीस कंलकीका सञ्चालक कृष्ण रिजाललाई अस्टीमाको आत्महत्या पछाडि जोडिएको कम्पनी र व्यक्तिहरूको नियन्त्रण र निगरानीको लागि दबाब दिएका छौँ । अस्टमीले आत्महत्या गरेका भनीएपनि उनले मर्नुअघि रेर्कड गरिएको भिडियोको आधारमा उनको हत्या गरिएको वा आत्महत्या लागि बाध्य पारेको देखिन्छ ।

हेर्नुहोस् सिधा कुरा जनतासँग

https://youtu.be/0W7ez_1GBxI

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =