प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक

जेठ ३१ – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आउँदो अगस्ट १२ (साउन २८) देखि सुरु हुने भएको छ । प्रिमियर लिग २०१७–१८ सिजनको खेल तालिका बुधबार सार्वजनिक भएको हो ।

सिजनको पहिलो खेलमा यो सिजनको विजेता चेल्सीले घरेलु मैदानमा बर्नलीसँग खेल्ने छ । यो सिजन बढुवा भएर प्रिमियर लिगमा आएको न्युक्यासलले पहिलो खेलमा टोटनह्याम, ब्राइटनले म्यानचेस्टर सिटी तथा हडर्सफिल्डले क्रिष्टल प्यालेससँग खेल्ने छन् ।

सिजनको अन्तिम खेल सन् २०१८ को मे १३ मा हुने तय भएको छ । यो सिजन न्युक्यासल, ब्राइटन तथा हडर्सफिल्ड बढुवा भएर प्रिमियर लिगमा आएका हुन् । यस्तै चेल्सी, टोटनह्याम, म्यानचेस्टर सिटी, लिभरपुल, आर्सनल, म्यानचेस्टर युनाइटेड, क्रिष्टल प्यालेस, बर्नली, बोर्नमाउथ, एभर्टन, लेस्टर सिटी, साउथह्यामप्टन, स्टोक सिटी, स्वान्सी सिटी, वाट्फोर्ड, वेष्ट ह्याम र वेष्ट ब्रोम पुराना टिम हुन् । यो सिजन हल सिटी, मिडल्सबर्ग र सन्डरल्याण्ड रेलिगेशनमा परेर म्याम्पियनसिपमा घटुवा भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =