साउथ एशियन सेभेन ए साइड फुटबलमा भुटान र पाकिस्तान विजयी

पोखरा, माघ १ । पोखरामा जारी साउथ एशियन सेभेन ए साइड फुटबलमा पाकिस्तान र भुटान विजयी भएका छन् । नेपाल सेभेन ए साइड फेडेरेशनको आयोजनामा भएको प्रतियोगितामा भुटानले भारतलाई हराएको छ भने पाकिस्तानले माल्दिभ्सलाई हराएको छ ।

दोस्रो दिनको पहिलो खेलमा पाकिस्तानले माल्दिभ्सलाई पराजित गरेको हो । पराजित भएसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो हाफमै पाकिस्तानले माल्दिभ्स विरुद्ध गोल गरेको थियो। खेलको २२ औं मिनेटमा समीले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाएका हुन् । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै पाकिस्तानलाई २—० गोलको अग्रता दिलाएका हुन् । वालिदले सेकेण्ड बार च्याप्दै गोल गरेका थिए ।

पहिलो हाफमा पछि परेको माल्दिभ्सले दोस्रो हाफमा सुधारिएको खेल पस्कदैं खेलको ३३ औं मिनेटमा गोल फर्काएको थियो । बी जोनले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिस गरेपनि सम्भव भएन् । दोश्रो खेलमा भुटानले भारतलाई २–० को गोल अन्तरले पराजित गरेका छ । भुटानको जितमा राकेश दास र गाईहम रोङमाईले एक एक गोलको योगदान दिए ।

प्रभु बैंकको प्रायोजनामा आयोजित बाह्रौ प्रभु बैंक दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिता विजेता टोलीले २ हजार अमेरिकी डलर र उपविजेताले १ हजार अमेरिकी डलर पुरस्कार पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =