पूर्वपत्नि मिनालाई मनोज गजुरेलले भने ‘व्यवसाय राम्रो होस् उहाँको’

काठमाडौँ,  माघ ८ । सबैलाई हँसाइरहने ‘कमेडीयन’ मनोज गजुरेल यतिबेला आँफै हाँस्न सकिरहेका छैनन् । २२ वर्षे बैबाहिक सम्बन्ध अनपेक्षित रुपमा टुंगिएपछि धेरैलाई आश्चर्य लागेको छ भने पूर्वपत्नि मीनाले सञ्चारमाध्यममा उनीप्रति दिने गरेका अभिव्यक्तिका कारण गजुरेल झनै खिन्न भएको बुझ्न गाहे पर्दैन ।

डिभोर्सको विषयमा गजुरेलकी ‘पूर्वपत्नि’ मीना ढकालले मिडियामा खुलेर अन्तरवार्ता दिँदैआएकी छन् । तर, मनोजले भने मिडियासँग खुल्न रुची देखाएका छैनन् । अन्तरवार्ताको क्रममा मीनाले पतिबाट यातना पाएको समेत बताएकी थिइन् । बिबाहका प्रारम्भिक दिनदेखि नै गजुरेलबाट नराम्रो ब्यवहार भोग्नुपरेको भन्दै मीनाले ‘मनको तीतो’ पोखेकी छन् ।

सँर्धै ठट्यौली पारामा बोलिरहने मनोजले सार्वजनिक अभिव्यक्ति दिन रुची देखाएका छैनन् । तैपनि पत्रकारले निकै कर गरेपछि उनले मुख खोले ‘उताको पक्षबाट भएका नभएका कुराहरु एकोहोरो आउँदैछन् । यस्तो बेला मलाई बोल्नु उचित लागेन । हामी दुबै परिवार बसेर सहमतिमै यो काम भएको हो । नकारात्मक रुपमा लिएको छैन मैले ।’

‘तर तपाईँले त बिबाह भएका सुरुका दिनदेखि नै राम्रो ब्यवहार गर्नुभएको थिएन रे । तपाईँको सफलताको लागि मीना ढकालको त्याग र सहयोगलाई तपाईँले स्विकार गर्नुभएन रे ?’ भन्ने प्रश्नमा उनले थपे-

‘ति कुराहरुको विषयमा त पहिले मसँगै दिएका अन्तरवार्ता हेरे पनि हुन्छ । दिनमिल्ने सम्मको क्रेडिट दिएकै हो । अहिले जे भनिदिए पनि हुन्छ । उहाँले जति नकारात्मक रुपमा ब्याख्या गरे पनि मैले नकारात्मक कुरा सोचेकै छैन । अहिलेसम्म भएका सकारात्मक कुरा मात्रै सम्झेको छु मैले । जे भए पनि उहाँले पनि आफैँ व्यवसाय गर्नुभएको छ । त्यसका लागि शुभकामना दिन चाहन्छु । राम्रो होस् उहाँको । उहाँले जे सम्झिए पनि उहाँको व्यवसाय राम्रो होस् मेरो शुभकामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =