कण्डम सम्बन्धी १० रोचक तथ्यहरु

 

परिवार नियोजनको लागि अस्थायी साधनको रुपमा प्रयोग गरिने कण्डमकाे बारेमा आजको दुनियाँमा पनि धेरै मानिसहरुलाई यसबारे जोडिएका रोचक जानकारीहरु थाहा नहुन सक्छ । यहाँ हामी कण्डमबारे तपाईलाई रोचक दश जानकारीहरुबारे बताउँदै छौं, जुन सम्भवतः तपाईले यसअघि नसुन्नु भएको पनि हुनसक्छ ।

कण्डमको प्रयोग अहिले मात्र होइन, यसको इतिहास अत्यधिक पुरानो छ । फ्रान्सको एउटा पुरानो गुफा कण्डमकै आकारको बनाइएको पाइएको छ । यो पन्ध्र हजार वर्ष पुरानो भएको मानिन्छ । स्वीडेनमा पनि सबैभन्दा पुरानो कण्डम पाइएको छ ।

oldest-condom

पहिला पहिला कण्डम किन्नु सजिलो काम थिएन । अमेरिकामा डाक्टरको सिफारिसपछि मात्र किन्न पाइन्थ्यो । १९२८ मा वेंडिंग मेसिनबाट निकाल्न सकिन्थ्यो । रसियामा भएको सोची ओलम्पिकको क्रममा खेलाडीहरुका लागि ओलम्पिक भिलेजमा एक लाख कण्डम लगिएको थियो ।

१६औं शताब्दीमा कण्ऊमको आविष्कार साइफलिस रोग रोक्नको लागि प्रयोग गरिन्थ्यो । त्यतिबेला फ्रान्समा कयौं मानिसहरु साइफलिसबाट मर्ने गर्दथे जुन यौन सम्पर्कको माध्यमबाट सर्छ । कुनै पनि उपचार नहुनाले गैबरील फैलोपियोले उपचार पत्ता लगाउने प्रयास गरे । उनले लिनन शिथ्सलाई एक रसायनिक घोलमा मिसाए र सुकाए । यसैलाई खोलको रुपमा १ हजार १ सय मानिसलाई लगाउन दिइयो । त्यसलाई पुरुषको लिंगमा कण्डमको रुपमा लगाइयो र एक धागोले बाँधियो । यसरी यौन सम्पर्क गर्दा पुरुषलाई साइफलिस रोग सरेन ।

कन्डममा प्रयोग गरिने वस्तु प्रायः सधैंजसो परिवर्तन गरिँदै आइएको छ । कहिले यसलाई वनस्पतिको दूधबाट बनाइन्थ्यो भने पछि विभिन्न जनावरको आन्द्राबाट बनाउन थालियो । यसपछि कपडा, सिल्क र छालाबाट समेत बनाउने प्रयास गरिएको थियो ।

सोह्रौं शताब्दीमा कन्डोम जनावरको आन्द्राबाट बनाइन्थ्यो र यसकारण महंगो पनि पर्दथ्यो । यसको प्रयोग मानिसले दुईपटक सम्म गर्दथे । उन्नाइसौं शताब्दीमा आउँदा आउँदै यो यति सस्तो भयो कि मानिसले कण्डमलाई एकपटक प्रयोगपछि फ्याँक्न सक्दथे ।

कण्डमलाई संसारभरका सेलिब्रेटिजहरुले प्रोत्साहन गरिरहेका छन् । सुरक्षिक सेक्सलाई प्रोत्साहनको उठाइएको यस्तो कदमले मानिसहरुलाई सेक्सको क्रममा पूर्ण सुरक्षालाई प्रोत्साहित गरिन्छ ।

के तपाईलाई थाहा छ ? आधुनिक कण्डममा एक ग्यालिनसम्म पानी अट्न सक्छ । सेनाका जवानहरुले कन्डोमलाई विभिन्न प्रयोगजनको लागि प्रयोग गर्ने गरेको कतिपय अनुसन्धानबाट पत्ता लागेको छ । जस्तो कि राइफलको पानी बचाउनको लागि, कतिपय अवसरमा आगो बाल्नको लागि पनि कण्डमको प्रयोग गर्दछन् ।

पछिल्लो समय कण्डमको आकारमा अत्यधिक बदलाव आएको छ । अहिले त स्वाद अनुसारको कण्डमदेखि लिएर लुब्रिकेटेडदेखि भाइब्रेटर कण्डमसम्म बजारमा सजिलै पाइन्छ । सुरुमा कतिपय समाजमा यसलाई प्रतिबन्धित लगाइए पनि अहिले सजिलै पाइन्छ ।

अहिले वैज्ञानिकहरु नदेखिने कण्डम बनाउन निरन्तर काम गरिरहेका छन्, जुन लगाउनासाथ तापक्रम बढेपछि बिस्तारै कडा हुँदै जान्छ र भरपूर सुरक्षा समेत दिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =