फिफा कन्फेडेरेसन कप : चिलीको विजयी सुरुवात

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत आइतबार भएको दोश्रो खेलमा क्यामरुनलाई २-० ले पराजित गर्दै चिलीले विजयी सुरुवात गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केहि अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेलको अधिकांश समय गोलरहित बराबरीमा रोकिएको थियो। तर, ८२ औं मिनेटमा आर्टुरो भिडालले चिलीका लागि गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम मिनेटमा एडुआर्डो भार्गासले गोल गरेपछि चिली २-० ले विजयी भयो ।

जितसँगै समूह ‘बी’ को अंक तालिकामा चिलीले ३ महत्त्वपूर्ण अंक जोडेको छ । समूह अन्तर्गत आज जर्मनी र अष्ट्रेलियाले आफ्नो पहिलो खेल खेल्नेछन् । यसअघि आइतबार भएको पहिलो खेलमा पोर्चुगल र मेक्सिकोले २-२ को बराबरी खेलेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =