प्रहरी चौकीमा आक्रमण, २२ प्रहरीे र ४५ आतङ्ककारी मारिए

एजेन्सी । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा गएराति रातभर भएको आक्रमणमा परी कम्तीमा २२ प्रहरीको मृत्यु भएको छ । प्रान्तीय प्रहरी प्रवक्ताले मङ्गलवार सो जानकारी दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कान्दाहार प्रान्तको मेवान्द जिल्लामा तालिवान आतङ्ककारीले गरेको आक्रमणमा परी २२ प्रहरी अधिकारीको मृत्यु भएको छ । त्यस हमलापछि प्रहरीले गरेको प्रतिरक्षा आक्रमणमा ४५ आतङ्ककारी मारिएका छन् ।

त्यसै गरी सो आक्रमणमा परी अन्य १५ प्रहरी र ३५ आतङ्ककारी घाइते भएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nineteen =