भ्यालेनटाइन डेको अवसर पारेर सौराहामा फुड फेष्टिबल हुने

रत्ननगर, माघ २२ । पर्यटकीय नगरी चितवनको सौराहामा फुड फेस्टिबल हुँदैछ । माघ २८ देखि फागुन ३ गतेसम्म ‘१२औँ सौराहा फुड फेस्टिबल २०७४’ आयोजना गरिएको हो ।

सौराहा फुड फेष्टिबलको बारेमा जानकारी गराउन व्यवसायीको टोली प्रचारप्रसारको लागि जिल्ला बाहिर निस्किएको छ ।

फुड फेष्टिबलको आयोजक संस्था रेष्टुरेन्ट एण्ड बार एशोसियसन (क्षेत्रीय रेवान) सौराहाको टोली देशका प्रमुख शहरहरुमा फेष्टिबलको प्रचारप्रसारको लागि निस्किएको हो । टोली मुलुकको दोस्रो पर्यटकीय नगरी पोखरा, पाल्पा, बुटवल, कावसोती, हेटौंडा र वीरगंजमा पत्रकार सम्मेलन गरेर फेष्टिबलको जानकारी तथा निम्ता बाढ्ने रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।

सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ भ्यालेनटाइन डेको अवसर पारेर माघ २८ गतेदेखि सौराहामा फुड फेष्टिबल हुँदैछ ।

प्राकृतिक सौन्र्दयता चितवन सौराहाको विशेषता भन्ने नारासहित पाँच दिनसम्म चल्ने फेष्टिबलमा स्वेदशी तथा विदेशी विभिन्न खानाको स्वादमा सांस्कृतिक प्रस्तुतीमा रमाउन सकिने सौराहा फुड फेष्टिबल २०७४ का संयोजक कपिल रेग्मीले जानकारी दिए । महोत्सवमा स्वदेशी तथा विदेशी खानाका साथै थारुहरुको मौलिक खाना प्रदर्शन गरिने उनले जानकारी दिए ।

यो पटक फेष्टिबलमा आउने पर्यटकका लागि रेवानमा आबद्ध होटल तथा रेस्टुरेन्टमा खान र बस्नका लागि मेनुमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको संयोजक रेग्मीले बताए ।

फेष्टिबल अवधिभर सांगीतिक कार्यक्रमबाहेक वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिलाबीच म्युजिकल चेयर, बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना प्रतियोगिता, घैला श्रृंगार प्रतियोगिता हुने रेवान सौराहामा प्रथम उपाध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए ।

फुड फेष्टिबलबाट भएको आम्दानी मध्ये ४० प्रतिशत घुम्ती शौचालन निर्माण, पाँच प्रतिशत सौराहाको सरसफाइ र केही रकम उज्यालो सौराहा कार्यक्रममा सहयोग गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =