एनआइसी एशिया बैंकले ल्यायो ‘सी–आस्वा सेवा’

काठमाडौं, माघ २३ । एन आई सी एशिया बैंक लिमिटेडले सी—आस्वा सेवा (Centralized Application for ASBA Based Issuance) सञ्चालनमा ल्याएको छ ।
नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा आगामी फागुन ११ गतेबाट अनिवार्य रुपमा सी—आस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएकोमा उक्त प्रणाली मार्फत आवेदन दिंदा सी—आस्वा रजिष्ट्रेशन नम्बर अनिवार्य भएकोले ग्राहकहरुलाई समयमै सी—आस्वा रजिष्ट्रेशन नम्बर प्रदान गर्ने उद्वेश्यले बैंकले मगलबारबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ ।

अब बैंकका ग्राहकहरुले बैंकको मुलुकभर फैलिएको १६८ वटै शाखाहरुबाट सहज रुपमा सी—आस्वा रजिष्ट्रेशन नम्बर लिई सी—आस्वा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् ।
यो सेवा सञ्चालनमा आएसँगै ग्राहकहरुले बैंकबाट सी—आस्वा रजिष्ट्रेशन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्नेछन् । यसैगरि अनलाइन आवेदन दिन नसक्ने लगानीकर्ताको हकमा बैंकको कुनैपनि शाखामा गई सी—आस्वा फारम भरि आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखि सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।








