ग्वाटेमाला र मेक्सिकोको सीमानामा ७ म्याग्नेच्युडको भूकम्प

ग्वाटेमाला र मेक्सिकोको सीमानामा बुधबार ७ म्याग्नेच्युडको भूकम्प गएको छ । स्थानीय समय अनुसार राति साढे १ बजे भूकम्प आएपछि धेरै मान्छेको भागाभाग भएको थियो ।

ग्वाटेमालाको सान पाब्लो सहरदेखि साढे तीन किलोमिटर पर र मेक्सिकोको काकाहोवातान देखि २० किलोमिटर टाढा सीमामा भूकम्पको केन्द्रविन्दु भएको अमेरिकी भौगर्भिक संस्था युएसजिएसले जनाएको छ ।

ग्वाटेमालाका राष्ट्रपति जिमी मोरालेसले परकम्प आउन सक्ने भन्दै सर्वसाधारणलार्इ सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । भूकम्पमा परी भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन । भूकम्पपछि सुनामीको सम्भावना नरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twelve =