पुल बनाउने बहानामा १ लाख स्वाहा, चुनावको मुखमा वडाध्यक्ष चाहिँ बसाइ सर्दै !

दधिराम खतिवडा

ओखलढुङगा, कात्तिक १८। चिसङखुगढी गाउँपालिका ७, गोगने र सिद्धिचरण नगरपालिका रुम्जाटार जोड्ने ठोट्ने खोलामा पुल नबन्दा स्थानीयबासी र बटुवाहरुले सास्ती ब्यहोर्नु परेको छ ।

बाँस जोडेर बनाएको ३० मिटर लामो जिर्ण फट्के साँघुबाट केटाकेटी बिद्यार्थीदेखी बुढाबुढी सबैले जिउँज्यान जोखिम मोलेर हिड्नुपर्ने बाध्यता छ, अर्काे बिकल्प एउटै छ कि त घण्टौ घुमेर यात्रा गर्नु ।

लगभग एक दशक अगाडी ब्रिटिस वेलफेयर कादुरी संस्थाले निर्माण गरेको पुल गत २०७२ सालमा आएको भिषण बाढिले बगाएपछि तत्कालिन समयमा कामचलाउ अस्थायी फट्के जिल्ला बिकास समितिको समन्वयमा एक्टेड नेपाल मार्फत रु. ५० हजार आर्थिक सहयोमा निर्माण गरिएको थियो । कमसल सामाग्री र अपारदर्शी कामले एक सालमै भत्केपछि ०७३ मा गा.वि.स.संग रु. ५० हजार बजेट माग गरी फट्के हालियोे थियो तर १ वर्ष नपुग्दै भत्कियो । उक्त पुल निर्मांणका लागि पुन २०७४ मा फेरि ५० हजार बजेट छुट्याइयो तर रकम हजम पारियो पुल निर्मांण भएन । हो, त्यस ठाउँमा साधारण झोलुङगे पुलका लागि लाखौ रकम दुरुपयोग गरिएको छ ।

अनुगमन गर्ने काम हाल निर्वाचित जनप्रतिनिधिको भए पनि वेवास्ता गरेका छन् । यसबारे गाउँपालिकाका अध्यक्ष निसान्त शर्मा भन्छन “हालै सम्पन्न गाउँपालिकाको प्रथम परिषदबाट हरेक वडालाई बराबर बजेट छुट्याएको छु । यसले गाउँपालिकाको चौतर्फी विकासमा सहयोग पुग्नेछ ।” । स्थानीय चुनावअघि घर÷घर फेरी लगाउने वडा अध्यक्ष तुलबिक्रम श्रेष्ठ बेखबर छन् । उनलाई यसबारे कुनै अत्तोपत्तो छैन । वडाभित्रको विकास अनुगमन र जनताको काम गर्नुपर्ने बेला उनी बसाइसराईको तयारीमा रहेका छन् ।
यस्ता अनुत्तरदायी नियमनकारी ब्यक्ति र राज्यका निकायले योजना कार्यावन्यन लागी आवश्यक अनुगमन र कारबाही नगर्दा गत्तिलो खालको दुहुनो गाई बनेको ठोट्ने खोलाको फट्के गरी खाने भाँडाको रुपमा परिचित छ । जुन पुृलमार्फत् स्थानीयबासीहरुले जीवन गुजाराका लागि दैनिक घाँस दाउरा ओसार्ने गर्छन् । यसको प्रत्यक्ष प्रभाब एकातिर स्थानीय उपभोगकर्तालाई परेको छ भने अर्कातिर बार्षिक रुपमा राज्यको कोषको दुरुपयोग गरिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =