चन्द्रागिरिकाे पर्यटनको विकासका लागि बृहत साईकर र्याली

“
काठमाडौं, भदौ २३ । चन्द्रागिरिकाे पर्यटनको विकास र रूपान्तरणकाे लागि बृहत साईकर र्यालीकाे गरिएकाे छ । चन्द्रागिरि पर्यकिय नगरी राईड टु चन्द्रागिरि भने नाराकाे साथ र्यालीकाे अायाेजना गरिएकाे हाे । उत्त साईकल र्यालीकाे उद्घाटनमा वाेल्दै ३ प्रदेशका पर्यटन,वन,उधाेग तथा वातावरणकि सभापति रमा अालेमगरले चन्द्रागरि पर्यटनकाे हिसावमा धेरै महत्त्वपूर्ण स्थल भएर पनि व्यवस्थापन र प्रचार प्रसारका हिसावले अझै पछाडी परेका कारण साेचे अनुरूपकाे पर्यटक भित्राउन नसकेकाे बताईन ।
उनले भनिन ‘सरकारले २०२० भित्र ७ लाख पर्यटक भित्र्याउने जुन लक्ष राखेकाे छ त्याे लक्षकाे परिपुरककाे रूपमा चन्द्रागिरिकाे पर्यटन प्रर्वधन भए काेसेढुङ्गा सावित हुनेछ ।’ कार्यक्रममा चन्द्रागिरि नगरपालिकाे मेयर घनश्याम गिरीले चन्द्रागिरिकाे पर्यटन प्रर्वधन र विकासका सवै क्षेत्रकाे अाअाफ्नाे स्थानवाट सहयोग र सदभावले मात्र सम्भव हुने वताए ।
उनले चन्द्रागिरि धार्मिक, एेतिहासिक र सांस्कृतिक महाेत्व वाेकेका स्थल, दहचाेककाे कालुपाण्डे समाधी स्थल, मातातिर्थ, थानकाेट, विष्णुदेवी, चन्द्रागिरि हिल्स अाफैमा महत्त्वपूर्ण पर्यटकीय क्षेत्र भएर पनि पर्यटकिए पुर्वाधार वनाउन नगरकाे वजेटले मात्र संभव नहुदा अार्थिक समृद्धि हासिल गर्न नसकिएको वताए ।
पुरानाे नैकाप वाट सुरू भएकाे साईकल र्याली चन्द्रागिरिकाे दहचाेक,वाडभञ्ज्याङ,थानकाेट,चेकपाेष्ट,माता दहचाेककाे कालुपाण्डे समाध मातातिर्थ,वलम्वु मक्षयनारायण ,विष्णुदेवी, नयाँ नैकाप तिनथान हुँदै पुनः पुरानाै नैकापमा अाएर सम्पन्न भएकाे हाे । उत्त साईकल र्यालीमा करिव २ सय ५० वटा साईकल राईडरहरूकाे सहभागिता रहेकाे थियाे ।
“








