ट्रम्पका पूर्वसल्लाहकारलाई जेल सजाय

“एजेन्सी, भदौ २३ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना पूर्वसल्लाहकार जेल जाने भएका छन् । उनलाई १४ दिनका लागि जेलसजाय सुनाइएको छ । लण्डनको एउटा पबमा जर्ज पापाडोपलसले दिएको अभिव्यक्तिपछि अमेरिकी चुनावी अभियानमा सम्भावित रुसी साठगाँठबारे अनुसन्धान थालिएको थियो।

वाशिङटन डीसीस्थित अदालतमा ३१ वर्षीय जर्ज पापाडोपलसले झूट बोलेर गल्ती गरेको र आफू एक देशभक्त अमेरिकीु भएको बताए ।
संघीय अनुसन्धान निकाय एफबीआईसँग झूट बोलेकोमा दोषी पाइएका पापाडोपलसले गत अक्टोबरमा आफ्नो सफाइमा स्पष्टीकरण दिएका थिए।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा क्रेम्लिनको आरोपित प्रभावसम्बन्धी छानबिनका क्रममा पक्राउ पर्ने उनी ट्रम्पका पहिला सहयोगी थिए। शुक्रवार सुनाइएको सजाय अनुसार पापाडोपलसले २०० घण्टा समुदायमा सेवा गर्नुपर्ने र साढे नौ हजार डलर पनि तिर्नुपर्ने हुन्छ।

अदालतसमक्ष उनले आफ्नो पूरै जीवन अस्तव्यस्त रहिआएको बताउँदै आफूलाई सच्याउन अर्को मौका पाउने विश्वास व्यक्त गरे। –बीबीसी”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fifteen =