प्रदेशलाई समृद्ध बनाए मात्र देश समृद्ध हुन्छ : मन्त्री सोडारी

“
धनगढी, २२ भाद्र । प्रदेश ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारीले नेपाल समृद्ध बन्नका लागि प्रेदश लाई सम्पन्न बनाए मात्र देश सम्बृद्ध हुने बताएका छन । १५ औं निजामती कर्मचारी दिवसको अवसरमा आयोजीत पुरष्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोडारीले देश समृद्ध गर्न काठमान्डौं जत्तिकै बाजुरा, दार्चुला जिल्ला हरेक दृष्ट्रिकोण समान रुपमा रहे मात्र देश समृद्ध हुने बताए ।
मन्त्री सोडारीले देश संघीय संरचनामा गइसकेको भए पनि संघीय सरकारले अधिकार र पर्याप्त बजेट नदिँदा काम गर्न अप्ठ्यारो परिरहेको बताए । उनले भने,‘प्रदेश सरकारले संविधानले दिएका अधिकार पनि प्रयोग गर्न पाएको छैन, शिक्षा र सामान्य प्रशासन मन्त्रालयमा सयौं कर्मचारी बसेका छन, हाम्रो प्रदेशमा आउन मान्दैन्न, यता कर्मचारी अभावमा धेरै काम गर्न गाह्रो परेको छ ।’ उनी थप्छन्, ‘सबै कर्मचारी काठमान्डौं केन्द्रिीत हुन खोज्छन, समृद्ध काठमान्डौ भए मात्र देश समृद्ध हुन्छ त ?’
मन्त्री सोडारीले निजामती कर्मचारी स्थायी सरकार भएकाले प्रदेशको समृद्धिको लागि आफ्नो क्षमता कार्यअनुभव प्रर्दशन गर्न निर्देशन दिए ।
यस्तै कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव नारायण प्रसाद विडारीले कर्मचारीले चुस्त दुरुष्त भएर संघियता कार्यान्वयन र जनताको घरदैलोमा गएर सेवा गर्न निर्देशन दिए । उनले श्रोत साधनको सही सदुपयोग गरी काम गर्नु पर्ने बताए ।
“








