बाग्लुङको निसिखोलामा मृत अबस्थामा चिुतवा फेला
२०७४ जेठ १५ गते

बाग्लुङ , पुस २१ । बाग्लुङको निसिखोला गांउपालीका ७ राजकुटमा बिहिबार बिहान एक मृत चितुवाफेला परेको छ । स्थानीय धारापानी भन्ने स्थानमा बिहान स्थानीयले मृत अबस्थामा चितुवा फेला पारेसंगै ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा खबर गरेका हुन् । प्रहरी टोलीले मृत चितुवालाई बुर्तिबाङ ल्याई पुर्याएसंगै पोस्टमार्टमका लागि जिल्ला वन कार्यालय बाग्लुङ पठाईएको हो ।
मृत अबस्थामा रहेको चितुवाको शरिरमा कुनै चोट —पटक नभेटिएको र खुट्टा सुन्निएको अबस्थामा फेला परेका कारण बुढो भएर मरेको हुन सक्ने स्थानीयको आसंका छ । मृत्युको कारण पोस्टमार्टम पछि थाहा लाग्ने ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले बताउनु भयो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








