भाटखोला दुर्घटना अपडेट– चारजनाको मृत्यु, ११को अवस्था गम्भिर

दाङ, माघ ८ । सल्यानको त्रिवेणी गाउँपालिका ६ भाटखोलामा बस दुर्घटना हुँदा मृतकको संख्या चार पुगेको छ । मुत्यु भएका चारमध्ये दुईजनाको सनाखत भएको छ । रुकुमकी पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका १० कि ६५ वर्षीया छन्चरी बिकको सनाखत भएको हो ।

अरू दुई जना पुरुषको सनाखत भैनसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् जसमध्ये ११ को अवस्था गम्भीर छ ।

रुकुमबाट दाङतर्फ आउँदै गरेको ना ५ ख ५३१ नम्बरको कालिकामालिका यातायातको बस सोमबार दिउँसो २ः२० मा सडकबाट खोलामा खस्दा ४ जनाको मृत्यु भएको हो ।

बस सडकबाट डेढ सय मिटर तल बस खसेको छ । बसमा कति जना सवार थिए भन्ने एकीन नभएको सल्यानका प्रहरी प्रमुख डीएसपी भरतबहादुर बिकले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =