दूतावासको भोजभतेरमा सामिल मात्रै हुने की प्रवासीको समस्या पनि सुन्ने ?

विष्णु जोशी
नेपाल पत्रकार महासंघ भारत शाखालाई अन्तरास्ट्रिय नेपाली समाज भारतले प्रश्न गरेको छ । “आदरणीय पत्रकार मित्रहरू दिल्लीमा बिपी कोइराला फण्डको दुरुपयोग गरेर दूतावासको भोजभतेरमा सामिल मात्रै हुने होकी प्रवासी नेपालीहरुको समस्याको समाचार सम्प्रेषण पनि गर्नुहुन्छ ?”, गोकुल भुजेल भन्नु हुन्छ ।

भारतमा विभिन्न पेसामा कार्यरत नेपालीहरू घर फर्कने क्रममा भारतीय प्रहरीबाट भारत नेपाल सिमानामा सुरक्षा चेकजाँचका नाउँमा अनावश्यक दुख झेल्न बाध्य बनिरहेका छन् । लुटपाट र ठगीका घटनाहरु सामान्य जस्तै बनेका छन् तर दुर्भाग्यवश भारत स्थित नेपाली दूतावास र नेपाल पत्रकार महासंघ कुन दुलोमा छन् अत्तोपत्तो छैन ।
हालसालैको घटना हो, नेपाल भारत सिमाना टकपुर वनबासा स्थित शारदा व्यारेगमा भारतीय प्रहरीले ५००/२००० का नोट नेपाल लिएर जान नपाईने भन्दै भारतिय प्रहरीहरूले नेपालीहरूलार्इ दुख दिइरहेका छन् ।
“के पत्रकार महासंघको काम भनेको पत्रकारीताको नाउँमा दूतावाससँग मिलेर राज्यको ढुकुटी दोहन गर्दै भोजभतेर गर्ने मात्रै हो कि आम प्रवासी नेपालीको समस्याका बारेमा समाचार सम्प्रेषण पनि गर्ने हो ?” गोकुल भुजेल भन्नुहुन्छ ।
“नचाहने बेलामा नेपाल पत्रकार महासंघ भारत शाखा भनेर डङ्का पिट्दै हिडने तर आम प्रवासी नेपाली भारतिय प्रहरी द्वारा लुटिदा कानमा तेल हालेर बस्नु के पत्रकारिता हो ? यसलार्इ त पत्रकारीताको नाममा कालो धन्दा हो भनेर हामी दावीका साथ भन्न सक्छौं ।” भारतको नोयडामा कार्यरत नेपाली गोकुल भुजेलले दुखेसो पो़ख्नुभयो ।
यसै गरि भारतिय प्रहरीहरुले घुस लिने गरेको समेत पाईएको छ । यस विषयमा नेपालीहरुलाई पटक पटक तनाव दिदा समेत समवन्धीत निकाय चुप लागेर बसेकोमा प्रवासी नेपालीहरुले गुनासो गरेका छन् ।








