माग सुनुवाइ नभए भदौ ३० गतेदेखि पेट्रोलियम पदार्थ ढुवानी बन्द गर्ने चेतावनी

“
रोशन दानी/काठमाडौँ, भदौ २० । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले सरकारसमक्ष १८ बुँदे मागपत्र पेश गरेकाे प्रति बेवास्ता गरेकाे भन्दै चरणबद्ध अान्दोलनकाे कार्यक्रमकाे घाेषणा गर्दै पहिलाे दिन देशव्यापी रुपमा डिपाेहरूमा काेण सभा गरेकाे छ ।
पेट्रोलियम ट्याङ्कर चालक संघले बुधवार १८ बुँदे माग राख्दै नेपाल अायल निगम थानकाेट डिपाेमा काेण सभाकाे गरेकाे छ । काेण सभामा बाेल्दै अाफुहरूकाे माग सम्बोधन नभए भाद्र ३० गते देखि अनिश्चितकालिन पेट्रोलियम पदार्थ ढुवानी बन्द गर्ने उनीहरूले चेतावनी दिए ।
ब्यवसायीहरूले अाफ्नाे सवारीकाे चावी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा बुझाउने नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले बताए ।
हाम्रा जायज मागलार्इ सम्बोधन नगरिएकाे अवस्थामा प्रेटाेलियम पदार्थकाे ढुवानी राेक्ने उनीहरूकाे भनार्इ छ । पेट्रोलियम ट्याङ्कर चालकहरु दक्ष दर्जाका श्रमिक भएकोले उनीहरुको न्यूनतम मासिक पारिश्रमिक ३२ हजार पुर्याउनुपर्ने, बिरामी हुँदाको रकम उपलव्ध गराइनुपर्ने, न्यूनतम १० लाख सम्मकाे जाेखिम विमा हुनुपर्ने, लबल लस कट्टाकाे ब्यवस्था खारेज हुनुपर्ने, याेगदानका अाधारमा सञ्चयकाेषकाे ब्यवस्था हुनुपर्ने लगायतका १८ बुँदे माग समावेश गरिएको छ ।
संघका अध्यक्ष इश्वर लामाको नेतृत्वमा भाद्र ३ गते वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर चालक संघको एक प्रतिनिधिमण्डलले मन्त्री मातृका यादवलाई सो मागपत्र बुझाएको थियाे ।
यस्ताे छ मागपत्र:
“








