बाढिपिडितको नाममा गैर ब्यक्तिले राहत लिएको ठहरः छानविन समिति गठन

भाद्र १९, सुनसरी । दुहवी नगरपालिकामा बाढी पिडितको नाममा आएको रकम गैरबाढी पिडितहरुले पाएको भन्दै स्थानियवासीहरु आक्रोसित भएपछि अनियमितता रोक्न दुहवी नगरपालिका सतर्क भएको छ । मंगलवार दुहवी नगरपालिका नगर कार्यपालिकाको बैठकबसी दुहवी नगरपालिका वडा नम्वर ६ र ११ का ११ जनाले बाढी पिडितको नाममा लिएको रकम फिर्ता गराउने निर्णय गरेको छ ।

११ जनाले बाढी पिडितको नाममा लिएको रकम न्यायोचित नदेखिएकोले दुहवी नगरपालिका वडा नम्वर ६ बाट ३ जना र वडा नम्वर ११ बाट ८ जनाको रकम नगरपालिकाले वेरुजु खातामा पठाउँने निर्णय गरेको दुहवी नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरीले बताए ।

दुहवी नगरपालिका वडा नम्वर ६ का राकेश हलुवाई, दिनेश कुमार झा र सन्तोष हलुवाईले पाएको रकम फिर्ता पठाउने निर्णय गरिएको थियो । यसैगरि दुहवी नगरपालिका वडा नम्वर ११ का सुभाष चौधरी, लहनीदेवी चौधरी, लखन पासवान, आशाकुमारी खाँ, रामवती कुमारी उराँव, अन्नतराम माझि, वाशुदेव साह र भुगेश्वर साहुले पाएको रकम फिर्ता पठाउने निर्णय गरिएको थियो ।

नगरपालिकाका मेयर बेदनारायण गच्छदारले काठमाडौंमा भएको नेपाल नगरपालिका संघको अधिवेशन सकिए लगत्तै दुहवी आएर मंगलबार कार्यपालिकाको बैठक बोलाएका थिए ।

मंगलवार नगरपालिकाको कार्यपालिकाको बैठकमा नगरपालिकामा बाढी पिडितको नाममा आएको रकममा अनियमितता भएको विषयलाई लिएर ३ सदस्यीय बाढी पिडित छानविन समिति गठन समेत भएको छ ।

छानविन समिति गठन

दुहवी नगरपालिकाका उप–प्रमुख सुनिता दाहाल (साह) को संयोजकत्वमा ३ सदस्यीय बाढी पिडित छानविन समिति गठन भएको हो । छानविन समितिको सदस्यहरुमा कार्यपालिकाका सदस्य हितेस अग्रहरी र ललिता चौधरी तथा सदस्य सचिवमा दुहवी नगरपालिका वातावरण शाखाका विमलनारायण चौधरी रहेका छन ।

छानविन समितिले नगरपालिकाको प्रत्येक वडाहरुमा गइ स्थानियवासीहरुसँग समन्वय गरेर वास्तविक बाढीपिडीतहरुले बाढी पिडितको नाममा आएको रकम पाए नपाएको सत्य तथ्य छानविन गर्ने नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरीले जनाए ।

पछिल्लो समयमा बाढी पिडितको नाममा आएको रकम जनप्रतिनिधिहरुले आफन्तहरु र कार्यकर्ताहरुलाई बाँडेको भन्दै बाढीले कुनै नोक्सान नगरेको र नगरपालिकामा घरै नभएकाहरुलाई समेत वितरण गरेको गुनासो बढ्दै गएको थियो ।

हस्ताक्षर अभियान सुरु

उता बाढीपिडितहरुको लागि आएको राहत रकम गैर बाढीपिडितहरुलाई नगरपालिकाका जनप्रतिनिधिहरुले वितरण गरेको भन्दै दुहवी ६ का स्थानियवासीहरुले दबाबमूलक हस्ताक्षर अभियान मंगलवारदेखि सुरु गरेका छन् । उनीहरुले राहत वितरण निश्पक्ष हुनुपर्ने बाढिपिडितका नाममा राज्य कोष दोहन गर्नेलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *