रोजागारीका लागि विदेश जाँदै हुनुहुन्छ, त्यसोभए दुइवटा खाता खोल्नुस्

काठमाडौं, असार ३० । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले अनिवार्य रुपमा दुईवटा बैंक खाता खोल्नुपर्ने भएको छ ।  एउटा आफ्नो नाममा र अर्को परिवारका नाममा खाता खोल्नुपर्ने सरकारले प्रावधान अघि बढाएको हो ।

श्रममन्त्री फरमुल्लाह मन्सुरले अब केही समयभित्र यो कार्यन्वयनमा आउने बताएका छन् । अधिकांश विदेशिएका नेपालीले अहिले हुण्डीबाटै पैसा पठाउने गरेको उनले बताए । यसकारण पनि अब यो जटिलतालाई सजिलो बनाउन वैदेशिक रोजगारीमा जाने सबैका नाममा दुईवटा बैंक खाता अनिबार्य रुपमा हुनुपर्ने उनले जानकारी गराए ।

साथै सो रकम उपभोगमा खर्च नहोस् भनेर घर खर्चका लागि छुट्टै परिवारको खाता खोल्ने व्यवस्था गर्न लागिएको समेत उनले बताए । सरकारले केही समयअघि वैदेशिक रोजगारमा मृत्यु भएका परिवारलाई एकमुष्ठ सात लाख दिने पनि घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =