युरोपमा शक्तिशाली आँधी, जनधनको क्षती

काठमाडौं, पुस २० । युरोपभर आएको शक्तिशाली आँधीले जनधनको क्षती ठूलो भएको छ । आँधीले विशेषगरी पूर्वी युरोप बढी प्रभावित भएको हो ।

१ सय ४७ किलोमिटर प्रति घण्टाको बेगमा रहेको एलिनर नामक आँधीका कारण ३ जनाको मृत्यु भएको छ । फ्रान्समा १ जनाको मृत्यु भएको छ भने १५ जना घाइते छन् । आँधीका कारण समुद्रमा आएको छालले बगाएर स्पेनको उत्तरी बास्क तटमा २ जनाको मृत्यु भएको छ ।

बेलायत हुँदै युरोप प्रवेश गरेको आँधीका कारण हजारौं घरहरुमा विद्युत सेवा अवरुद्ध भएको छ भने यातायात सेवा अवरुद्ध भएको बीबीसीले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =