ब्राजिलियन फुटबल स्टार रोबिन्होलाई ९ वर्षकाे जेल सजाय

एजेन्सी । ब्राजिलका फुटबल स्टार रोबिन्होलाई सामूहिक बलात्कार गरेको मुद्दामा ९ वर्षको जेल सजाय हुने भएकाे छ । सन् २०१३ मा इटालीको मिलानमा भएको सामूहिक बलात्कारको मुद्दामा इटालीको एउटा अदालतले ३३ वर्षीय ब्राजिलियन स्टारलाई जेल सजाय सुनाएको हो ।

नाइट क्लबमा नशामा धूत भएका रोबिन्होले अल्बानियाकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप लागेको थियो । रोबिन्हो ५ वर्ष एसी मिलानबाट व्यावसायिक फुटबल खेल्दै २०१५ मा इटालीबाट बाहिरिएका थिए । सजाय सुनाउँदा उनी अदालतमा उपस्थित थिएनन् । उनले वकिलमार्फत आफू निर्दोष भएको दाबी गरेका थिए ।

रोबिन्होले ब्राजिलबाट एक सय खेल खेलिसकेका छन् । म्यानचेस्टर सिटीबाट २ वर्ष खेलेका राेबिन्हाे अहिले आफ्नै देशको एट्लेटिको मिनेरोबाट खेल्छन् । रोबिन्होले इन्स्टाग्राममा आफूले यो मुद्दामा आफ्नो संलग्नता अस्वीकार गरेको र आफू बलात्कारको घटनामा संलग्न नभएको बताएका छन् ।

ब्राजिलकै सान्तोष क्लबबाट व्यावसायिक खेल जीवन सुरुवात गरेका रोबिन्हो रियल म्याड्रिडमा ४ वर्ष बस्दा २ वटा ला लिगा उपाधि जित्न सफल भएका थिए । उनी २००८ मा म्यानचेस्टर सिटीमा अनुबन्धित हुँदा इंल्यान्ड फुटबलको कीर्तिमानी ३ करोड २५ लाख पाउन्डमा आबद्ध भएका थिए । उनले ब्राजिलबाट अन्तर्राष्ट्रिय फुटबलमा २८ गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + five =