एमाले स्थायी समितिको बैठक बस्दै

काठमाडौं, कात्तिक १ । एमालेले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्दैछ । आज स्थायी समितिको बैठक बसेर उम्मेदवार छनोट, घोषणापत्र निर्माणसँगै पार्टीभित्रको आन्तरिक असन्तुष्टिका विषयमा छलफल गर्दैछ ।

आजको बैठकमा आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीतर्फका उम्मेदवार, घोषणापत्र निर्माणलगायत विषयमा छलफल हुने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । माओवादी केन्द्रसँग चुनावी तालमेल गर्दै पार्टी एकीकरण गर्ने सहमति गरेको एमालेले समानुपातिक उम्मेदवार एवं प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो बैठकबाट लगाउने भएको छ ।

निर्वाचन आयोगमा समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाइसकेको एमालेले त्यसमा नाम सच्याउनुपर्ने अवस्थामा कसरी अगाडि बढ्ने, प्रत्यक्षतर्फको उम्मेदवार एवं घोषणापत्रको तयारीका विषयमा बैठकमा छलफल सुरु भएको छ । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा त्यसमा देखिएको असन्तुष्टिलाई बैठकले छलफलको माध्यमबाट समाधान गर्दै सहमतिकै आधारमा नाम सच्याइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 6 =