अपडेटः त्रिशुली दुर्घटनामा ४ को मृत्यु, क्रेनबाट बस तान्ने प्रयास

काठमाडौं, कात्तिक ११ । आज बिहान धादिङको गजुरी गाउँपालिका ५ मा भएको बस दुर्घटनामामा चार जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा दुर्घटनामा १५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेको जिल्ला प्रशासन कार्यलय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले जानकारी दिए । तर उनीहरुको सनाखत भने सकेको छैन । उनका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली द्वारा उद्धार कार्य भइरहेको छ ।

दुर्घटनामा घाइते १५ जनामध्ये गम्भीर घाइते दुई जनालाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ भने बाँकी अन्य १३ जनाको स्थानीय गजुरी सामुदायीक अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । बस नदीमा डुबेको छ । सो बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ । बसमा कति यात्रु थिए भन्ने एकीन अझै हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =