गच्छदार र चौधरी कार्यकर्ताबीच झडप : गच्छदारले सुरक्षाका लागि बोलाए सयौँ नेविसंघ र तरुण दलका कार्यकर्ता

काठमाडौं, मंसिर २५ । सुनसरी–३ मा मत गणनाका क्रममा २० रुपैयाँको नोट र अर्धकट्टी नच्यातिएको ९ मतपत्रमा रुख छाप हानिएको मतपत्र भेटिएपछि त्यसले अन्ततः झडपको रुप लिएको छ ।

अहिले मत गणना स्थल बाहिर बाम गठबन्धन समर्थित विद्यार्थी संगठन र काँग्रेसी नेविसंघ र तरुण दलका नेता तथा कार्यकर्ताहरुबीचमा झडप भइरहेको छ । बाहिर सुरक्षाका लागि कर्मचारी, म्यादी प्रहरी, सेना र सुरक्षाकर्मीहरु परिचालन भएपनि झडप रोक्न सकिरहेका छैनन् ।

 

त्यहाँ मत गणना स्थलमा खटिएका कर्मचारीहरुकै मिलेमतोमा यस्तो खेल रचिएको भन्दै वाइसिएल, अनेरास्ववियुका विद्यार्थीहरुले चर्काे नाराका साथ आक्रमक रुपमा उत्रिदा गच्छदारले पनि सयौँ काँग्रेसी विद्यार्थी तथा नेता कार्यकर्ताहरुलाई बोलाएसँगै अहिले सो क्षेत्रमा झडप भइरहेको छ ।

 

बाम गठबन्धनबाट साझा उम्मेद्वार बनेका एमालेकी भगवती चौधरीको जित सुनिश्चित भएपछि गच्छदारले यो नाटक रचेर चौधरीलाई हराउन लागि परेको उनका सहयोगी प्रदीपले बताए ।

तर, अब कुनै पनि हालतमा यो खेल उल्ट्याइयो भने आफूहरुले जे पनि गर्न सक्ने भन्दै निष्पक्ष मत परिणाम गर्न उनले त्यहाँ खटिएका कर्मचारीहरुलाई सल्लाह दिएका छन् । चौधरीको जित सुनिश्चित भइसक्दा गच्छदारको मतपत्रका एक्कासी २० रुपैयाँको नोट र ९ वटा मतपत्रमा अर्धकट्टी नभएको मतपत्रमा रुख छाप भएका मतपत्र भेटिएपछि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =