राष्ट्र बैंकको गेटमा कानुनमन्त्री धर्ना बसेपछि…….
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौँ, भदौ १७ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव जनकपुरस्थित राष्ट्र बैँकको गेट अगाडी धर्नामा बसेका छन् ।
प्रदेश २ सरकारले दिएको बिदाको अवज्ञा गरेको भन्दै प्रदेश २ का कानुनमन्त्री यादव राष्ट्र बैंक अगाडि धर्नामा बसेका हुन् ।
कृष्णाष्टमीको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको थियो । तर बैंकले दिएको सार्वजनिक बिदाको अवज्ञा गरेपछि मन्त्री स्वयम् धर्नामा बसेका छन् । मन्त्रीसहितको टोली कार्यालयको मुलगेटमा धर्ना बसेका हुन् ।
यसअघि, भदौ १० गते जनैपुर्णिमा तथा रक्षाबन्धनको दिनमा पनि राष्ट्र बैंककले बिदा अवज्ञा गरेको भन्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले तालाबन्दी गरिदिएका थिए।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित