चलचित्र ‘ट्यूबलाइट’ को बक्स अफिसमा औषत सुरुवात

एजेन्सी । शुक्रबारबाट रिलिज भएको चलचित्र ‘ट्यूबलाइट’ ले बक्स अफिसमा औषत सुरुवात गरेको छ । समिक्षक र दर्शकबाट निराशाजनक प्रतिक्रिया पाएको बलिउड स्टार सलमान खान अभिनित यो चलचित्रले २ दिनमा ४२ करोडको मात्र कारोबार गरेको जनाइएको छ । यो निर्माताले दिएको फिगर हो । शुक्रबार २१.१५ करोडको व्यापार गरेको यस चलचित्रले शनिबार २१.१७ करोडको व्यापार गरेको निर्माताले बताएका हुन् । तर, भारतिय मिडीयाका अनुसार शुक्रबार भन्दा शनिबारको व्यापार केही कम भएको जनाइएको छ ।

सलमान खानको इदमा रिलिज भएको चलचित्र मध्ये सबैभन्दा कमजोर ओपनिङ ‘ट्यूबलाइट’ को नाममा जोडिएको छ । यो चलचित्र सेमी-हिट हुन मात्र पनि डेढ सय करोड माथिको व्यापार गर्नुपर्ने हुन्छ । आइतबार र सोमबारको बिदाले सलमानको स्टारपावरको आँकलन गर्नेछ ।

गतबर्ष रिलिज भएको सलमान अभिनित चलचित्र ‘सुल्तान’ ले ३६ करोडको ओपनिङ कारोबार गरेको थियो । निर्देशक कविर खान र नायक सलमान खानले ‘बजरंगी भाइजान’ जस्तो सफल चलचित्र दिएका थिए । तर, यसपटक ‘ट्यूबलाइट’ मा दुबै चिप्लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =