सुमार्गीको रकम नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, माघ २३ । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीको रकम नरोक्न अन्तरिम आदेश दिएको छ । सुमार्गीको राष्ट्र बैंकले रोक्का गरेको करिव सवा २ अर्ब रकम फुकुवाको माग गर्दै नेपाल स्याटेलाइट टेलिकम सर्वोच्च गएको थियो ।

न्यायाधीश तेजबहादुर केसीको आजको इजलासले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएको हो ।

रकम रोक्का गर्ने कानुनी आधार र कारण नभएको तथा उद्योगलाई क्षति पुगेको सर्वोच्चको ठहर छ । सर्वोच्चले फागुन २ गते दुबै पक्षलाई बोलाएको छ भने विपिक्षीलाई लिखित जवाफ पेश गर्न भनेको छ ।

राष्ट्र बैंकले युवराज खतिवडा गभर्नर हुँदा नै सुमार्गी र उनी संलग्न कम्पनीको नाममा आएको ३ अर्ब बढी रकमको स्रोत खुल्न नसकेको भन्दै रोक्का गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =