विपि सिद्धान्त अनुसार काम गर्न काँग्रेस नेता सिटौलाको आग्रह

झापा, भदौ २३ । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले विपिको मार्ग र सिद्धान्त अनुसार काम गर्न कार्यकर्तालाई आग्रह गर्नु भएको छ । १ सय ४ आंै विपि जयन्तीको अवसरमा आज मेची अञ्चल अस्पताल भद्रपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले विपि चिन्तन छाडेकाले युवाहरुको सकारात्मक सोचमा कमि आएको बताउनुभयो ।

नेता सिटौलाले मेची अञ्चल अस्पतालमा भौतीक पुर्वाधारहरु थपिने क्रम जारी रहेतापनि पनि अस्पतालको सरसफाईमा भने कसैको ध्यान पुग्न नसकेको बताउनुभयो । सरकारी अस्पतालको स्वास्थ्य तथा भौतिक सुधारका लागि सरकारले बजेट निकासा गर्दै आइरहेको बताउदै उँहाले अस्पतालको आन्तरीक र बाह्य परिसरको सरसफाइमा विशेष ध्यान दिन अस्पताल व्यवस्थापन समितिलाई आग्रह गर्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 17 =