बन्ने भयो कालिकोटको पलाता गाउँपालिकामा १५ शैयाको अस्पताल

कालिकोट, माघ ४ । कालिकोट जिल्लाको अति बिकट  ठाउँ मानिएको पलाता गाउँपालिका थिर्पु वडा न ९ मा १५ शैयाको अस्पताल बन्ने भएको छ । उक्त अस्पताल बन्ने निर्णय हिजो बसेको मन्त्रिपरिषदको बैठकबाट पारित भएकाे हाे । स्वास्थ्य मन्त्रिका स्वकिय सचिव निराजन बमकाे सक्रियता तथा स्वास्थ्य मन्त्रि दिपक बाेहराकाे पहलमा भएकाे बन्न लागेकाे १५ शैयाकाे अस्पतालले त्यहाँका स्थानीयलाई हर्षित बनाएको छ ।

नेपालकै दुर्गम मध्येको एक जिल्ला कालिकोट त्यहाँ राज्यले निर्धारण गरेका अाधारभूत विकासका याेजना समेत पुग्न सकिरहेकाे छैन । भाैगाेलिक विकटता, सक्षम नेतृत्वकाे अभाव हुँदा यहाँका जनता अझैपनि गरिबीकाे रेखामुनी बाँच विवस छन् भने, उनिहरूले शिक्षा, स्वास्थ्य, यातायात जस्ता अत्यावश्यक सेवासमेत पर्याप्त रूपमा पाउन नसकेकाे अवस्था छ ।

स्वास्थ्यकर्मी र औषधीको अभावमा कहिले झाडापखाला त कहिले भाइरल ज्वरो या यस्तै, अनेकौं समस्या कालिकोट बासीले झेल्दै आएका छन् । सबैभन्दा असहज अवस्था सुत्केरी ब्यथाले छटपटिंदा महिलालार्इ स्वास्थ्य संस्था पुर्रयाउन छ । गाउँका कुना कन्दरामा कुनै महिला प्रसव अवस्थामा छट्पटार्इरहँदा  सुरक्षित सुत्केरी गराउन नसक्दा कयाैं महिलाले अकालमा ज्यान जाेगाउनु पर्ने अवस्था छ । पलाता गाउँपालिका जिल्ला सदरमुकाम मान्मा देखि २ दिनको पैदल दूरीमा छ । साे गाउँपालिकामा अाधारभूत स्वास्थ्य चाैकी वाहेक  स्वास्थ्य संस्था छैन । सरकारले दुर्गम क्षेत्रका जनतालार्इ स्वास्थ्य सेवा पुर्रयाउने याेजना ल्याएपनि उक्त याेजनामा पलाता गाउँ पालिका पर्न सकेकाे थिएन ।

मन्त्रीका स्वकीय सचिव बमले गाउँमा अस्पताल निर्माण हुने भएपछि स्थानीयहरूमा खुसीयाली छाएकाे बताए ।  सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा राज्यले पु¥याउन सकेको भए ग्रामिण भेगका जनताले सिटामोलको आशामा दुई–तीन दिनको बाटोमा ज्यान गुमाउने दिन जाने उनको भनाइ छ । सरकारले ५७ वटा स्थानीय तहलाई पिछडिएको क्षेत्र घोषणा गरेकोमा कालिकोटको पताला गाउँपालिका, नरहरिनाथ गाउँपालिका, कालिका गाउँपालिका, महाबै गाउँपालिका पिछडिएको क्षेत्रमा परेका छन् । ‘प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका–२०७४’को अनुसूची २ मा ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्रमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =