एसिया कप क्रिकेट: सागर पुनले बनाए अर्धशतक

काठमाडौं, भदौ १३ । मलेसियामा जारी एसिया कप छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालका सागर पुनले अर्धशतक बनाएका छन् । यसै प्रतियोगिताबाट नेपाली टोलीमा पुनरागमन गरेका सागरले पहिलो खेलमै अर्धशतक बनाएका हुन् ।

क्वालालम्पुरस्थित बायुमास ओभलमा सागरले ६५ बलमा ५० रन पुरा गरेका हुन् । सागरले अर्धशतक बनाएपछि नेपालले सम्मानजनक स्कोर बनाएको छ ।

नेपालले ४३ ओभरको खेल सकिदा ४ विकेट गुमाएर १६८ रन बनाएको छ । सागर ६५ रन बनाएर क्रिजमा छन् । आरिफ शेख ३५ रन बनाएर सागरलाई साथ दिईरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =