मेयरकपमा देहिमाडौं उपाधि नजिक

बैतडी, माघ ९ । प्रथम मेयरकप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा दशरथचन्द नगरपालिका–२ देहिमाण्डौ उपाधी नजिक पुगेको छ ।

आज सम्पन्न पहिलो सेमिफाईनल खेलमा दशरथचन्द नगरपालिका ६ थालिगाडालाई ४ विकेटले पराजित गर्दै उपाधी नजिक पुगेको हो । बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर व्याटिङ गरेको थालिगाडाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १३५ रन बनायो ।

१ सय ३६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको देहिमाण्डौंले १९ दशमलव १ ओभरमा लक्ष्य भेट्टायो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =