भरतपुरमा पुनः मतदान गराउने मुद्दाको निर्णय आज लाग्न सकेन

काठमाडौं । भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च अदालतमा बिचाराधीन मुद्दाको टुंगो आज लाग्न सकेन । न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा राखिएको भरतपुर प्रकरणको पेशी हेर्न नभ्याइनेमा परेको सर्बोच्चले जनाएको छ ।

१७ औं नम्बरमा परेकाले आज हेर्न नभ्याइएको हो । पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध एमालेका १९ नम्बर वडा सदस्यका उम्मेदवार गुन्जमान विश्वकर्मा सहितले सर्बोच्चमा रिट दायर गरेका थिए ।

यस अघि न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल अघि नबढाउन अन्तरकालीन आदेश दिएको थियो । एमालेले भरतपुर १९ को पुनः मतगणना माग गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 7 =