बिमस्टेकपछि मोदीले नेपाललाई कमसल क्यान्सर उपचार सामग्री दिँदै


“
काठमाडौँ, भदौ ११ । आगामि १४ र १५ गते हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनपछि नेपाललाई क्यान्सर उपचार सामग्री दिने भएका छन् ।
सम्मेलनका समयमा नेपाल आएको बेला भारतीय प्रधानमन्त्री मोदीले दिन ललागेको क्यान्सर उपचार सामग्री निकै पुरानो प्रविधिको र कमसल भएको स्रोतको जानकारी छ ।
मोदीले नेपाललाई १० वटा भारतमा विकसित भाभाट्रोन रेडियोथेरापी मेसिन उपहार दिन लागेका हुन्। उक्त मेसिन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बिपी कोइराला क्यान्सर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका १० अस्पतालमा प्रयोगमा ल्याउने गरी दिने तयारी भएको स्रोतले जानकारी छ।
मोदीले उपहारस्वरुप दिने भनेको उक्त मेसिन भारतको कम्पनीलाई नेपालस्थित भारतीय दुतावासले रकम उपलब्ध गराइने बताइएको छ।
भारतीय प्रधानमन्त्री मोदीले उपहारस्वरुप दिने भनेको उक्त उपकरण क्यान्सरका बिरामीको उपचारका लागि प्रयोग हुने निकै पुरानो प्रविधि हो।
मोदीले दिने भनेको कोवाल्ट ६० वीथ स्टिमुलेटर नामक उक्त रेडियोथेरापी मेसिन वीर अस्पतालले पुरानो र कमसल भन्दै नकिनेको उपकरण हो।
उक्त उपकरण प्रधानमन्त्री मोदीले यसअघि नेपाल भ्रमणका क्रममा भक्तपुर क्यान्सर अस्पताललाई उपहारस्वरुप दिएका थिए।
क्यान्सर उपचारका लागि यो प्रविधिभन्दा थप दुई नयाँ अत्याधुनिक प्रविधि विश्वबजारमा भित्रिसकेको छ। नेपालका अस्पतालमा पनि कोबाल्ट भन्दा आधुनिक लिन्याक र त्यो भन्दा पनि अत्याधुनिक अहिलेको नयाँ प्रविधि टोमोथेरापी मेसिन भित्रिने भएको छ।
वीर अस्पतालले कोबाल्ट मेसिन पुरानो भएको भन्दै उक्त प्रविधिभन्दा दुई तह माथिल्लो अत्याधुनिक टोमोथेरापी मेसिन किनेको छ। टोमोथेरापी भन्दा एक स्तर कमको प्रविधि हो लिन्याक र लिन्याकभन्दा पनि एक स्तर कमको प्रविधि हो मोदीले दिने भनेको कोवाल्ट मेसिन।
क्यान्सर रोग विशेषज्ञहरुका अनुसार भारतले उपहार दिने भन्दैमा रेडियसन धेरै फाल्ने कमसल उपकरण लिन नहुने बताउँछन्।
“
