अमेरिकाको फ्लोरिडामा गोली चल्यो, दुईको मृत्यु, ११ जना घाइते


“
काठमाडौँ, भदौ ११ । अमेरिकामा बन्दुकधारीले अन्धाधुन्दा गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
अमेरिकाको फ्लोरिडामा एक युवकले अन्धाधुन्द गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो भने ११ जना घाइते भएका हुन् ।
फ्लोरिडास्थित ज्याकसोनभिल्ला फ्लोरिडाको ठूलो किनमेल, मनोरञ्जन तथा डाइनिङ कम्लेक्स कम्प्लेक्समा भिडियो गेम चलिरहेका बेला गोली चलेको हो ।
गोली चलाउने डेभिड काट्ज नामका २४ वर्षीय युवकले पछि आफैलाई गोली हानेर आत्महत्या गरेको बीबीसीले जनाएको छ ।
खेलमा हारेपछि ती युवकले गोली चलाएको स्थानीय सञ्चारमाध्यमहररूले जनाएका छन्। तर, प्रहरीले भने यो कुरालाई अस्वीकार गरेको छ। घटनाको अनुसन्धान भइरहेको अमेरिकी प्रहरीले जनाएको छ।
घटनामा ती युवकबाहेक अरुको संलग्नता नरहेको बताइएको छ। प्रहरीका अनुसार, डेभिडले एक मात्रै हाते बन्दुकको साहरामा अन्धाधुन्ध गोली चलाएका थिए।
घटना पछि स्थानीय प्रहरीले त्यस क्षेत्र र आसपासमा ओहोरदोहोर गर्न रोकेको छ। प्रहरीले घटनास्थलमा केही फसेका र उनीहरुको उद्दार भइरहेको जनाएको छ ।
एजेन्सी
“
