बढ्दै क्यान्सर रोगी

धनगढी, माघ २२ । कैलालीमा बर्षेनि क्यान्सरका बिरामी बढ्दै गएको पाएईको छ । गतबर्ष कैलालीमा क्यान्सरका १ सय ७३ बिरामी रहेकामा यो बर्षको सात महिनामा मात्रै एक सय जना बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

खानपानमा ध्यान पुर्याए क्यान्सर लाग्ने जोखिम ४० प्रतिशत कम हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । मानिसले बिशेष गरी खानपानमा ध्यान पुर्याउन नसक्दा क्यान्सरका बिरामी बढ्दै गएकोले सचेतनामूलक कार्यक्रमको आयोजना गर्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख टंक चापागाईको भनाई छ ।

सुर्तीजन्य वस्तुको सेवन गर्नेको सङख्या बढ्दै जानाले पनि क्यानसरको जोखिम बढ्दै गएको हो । यसको साथै मानिस समयमा उपचारको लागि स्वास्थ्य संस्थामा नजानु पनि क्यान्सरका विरामिको सङख्यामा बृद्धिको कारण रहेको चापागाईले बताए ।

सुर्तीजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका विरामी धेरै छन् । त्यस्तै पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै भएको बताइन्छ ।

धुमपान र मद्यपान नगर्ने तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाने र दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =