धरानमा शनिबारे अर्गानिक हाट बजार सुरु

धरान, पुस २२ । धरान उपमहानगरपालिकाको अमान बजार परिसरमा शुद्ध अर्गानिक सागसब्जी तथा दैनिक प्रयोग हुने उपभोग्य परिकार बिक्रि बितरण गर्ने उद्धेश्यले शनिवारे अर्गानिक साप्ताहिक हाट शनिबारबाट संञ्चालनमा आएको छ ।
सामाजिक रुपमा नै सहरबजारमा साप्ताहिक हाट बजार लोप हुदै गएको अबस्थामा सो शनिबारे हाट बजार सुरु गरिएको शनबिारे साप्ताहिक अर्गानिक बजार ब्यवस्थापन समितिका सचिव सबिता राईले जानकारी दिएकी छन् ।

जहा धरान र आसपासका कृषकले उत्पादन गरेका अर्गानिक उत्पादनहरुको उपज राख्ने र बिक्री गर्ने गरिएको राईले जानकारी दिइन् ।

उक्त हाट बजारमा अहिले १० बटा स्टल राखिएको छ भने स्टहरुमा अर्गानिक ,साग सब्जी, सिस्नुको चिया, आफनै घरमा उत्पादन गरेको चकलेट, बेसार, दालजन्य परिकारहरु, हाते कलात्मक सजाबटका सामानहरु लगायत राखिएको छ ।
साथै सो बजारलाई अबको केही दिनपछि ग्राहकको चापअनुसार हप्ताको दुई दिन सञ्चालन गरिने सञ्चालक समितिका अध्यक्ष काजी गिरिले जानकारी दिए ।

यता शनिबारबाटै सुरु भएको बजार भर्न गएका धरान बजारका स्थानीयहरुले आर्गेनिक तरकारी तथा सब्जी बजारको अभाव रहँदै आएकोले अबको दिनमा यस्ता शनिबारे हाट बजारले सो कमी परिपुर्ति गर्ने बताएका छन् ।

धरानमा अहिलेसम्म पनि सब्जी तथा तरकारी लगायतका उपभोग्य वस्तु धरान बजारको मुख्य सडकखण्ड वा माझ चोकको दायाँ बायाँ किनबेच गर्ने काम भइआएको भएपनि यस्ता कार्यलाई सम्बन्धित निकायले तथा कृषि उपज केन्द्रले उचित व्यवस्थापन गर्नुपर्नै उद्योग बाणिज्य संध धरानका सदस्य तथा शनिबारे हाट ब्यवस्थापन समितिका उपाध्यक्ष सुदिक्षा अधिकारीले बतायन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =