आफ्नै किल्ला प्रदेश नम्बर ७ मा कांग्रेसका ४ हस्तीलाई ठुलो धक्का (नामसिहत)

बिष्णु जोशी
धनगढी, मंसिर २८ । कांग्रेसको केन्द्र बिन्दु भनेर प्रख्यात ७ नम्बर प्रदेश मा कांग्रेसलाई ठूलो धक्का लागेको छ । नेपालको राजनीतिक स्थिति मा चिरपरिचित कांग्रेसका शीर्ष नेताहरुले यस पटकको निर्वाचनमा भने पराजय भोग्नु प¥यो ।
७ नम्बर प्रदेश बाट प्रतिनिधिसभामा जम्मा १६ सिट रहेकोमा कांग्रेसले भने १ मात्र सिट मात्र जित्न सफल भयो । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मात्र आफ्नै गृहजिल्ला डडेल्धुराबाट बाट बिजयि भए प्राप्त गर्न सफल भए।
७ नम्बर प्रदेश मा प्रतिनिधिसभा निर्वाचनमा अनुत्तीर्ण भएका शिर्ष नेताहरु
१. नरबहादुर चन्द राज्यमन्त्री
बैतडीबाट चुनाबि मैदान मा उत्रिएका बहालवाला वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द यो पटकको चुनाव मा भने जित हासिल गर्न सकेनन् । उनी वाम गठबन्धनका उम्मेदवार तथा पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीसँग पराजित भएका हुन्। पूर्वराज्यमन्त्री भण्डारीसँग ११ हजार २३३ मत अन्तरले पराजित भएका हुन्। एमालेका भण्डारीले ३९ हजार ५२४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी चन्दले २८ हजार २९१ मत पाएका थिए । २०७० सालमा दोस्रो संविधानसभा चुनावमा चन्द बैतडी क्षेत्र नम्बर २ बाट विजयी हुँदै उनी पहिलोपटक सांसद बनेका थिए।
२. पुर्बमन्त्री रमेश लेखक
कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक कञ्चनपुर–३ मा एमाले दिपकप्रकाश भट्टसँग पराजित भएका छ्न्। लेखक भट्टसँग २५८ को झिनो मतले पराजित भएका हुन्। एमालेका भट्टले २६ हजार ३६४ मत पाए भने कांग्रेसका लेखकले २६ हजार १०६ मत प्राप्त गरे। पूर्वमन्त्री लेखक २०७० सालको चुनावमा कञ्चनपुर–४ बाट विजयी भएका सांसद हुन।
३. पुर्वमन्त्रि एन पि साउद
कञ्चनपुरको क्षेत्रन २ का उम्मेदवार पूर्व सिंचाइमन्त्री नारायणप्रकाश साउद एमालेका नरबहादुर धामीसँग ८ हजारभन्दा बढी मतान्तरले ठक्कर खाए।
धामी ३३ हजार ३२० मत प्राप्त गरी विजयी भएका हुन। साउदले २४ हजार ८९३ मत प्राप्त गरे । २०७० सालको चुनावमा कञ्चनपुर–२ बाट चुनाव जितेका साउद दुईपटक मन्त्री समेत भएका थिए। उनी कांग्रेसको सक्रिय केन्द्रीय सदस्य पनि रहेका छ्न।
४. मन्त्री वीरबहादुर बलायर
डोटीबाट चुनाव लडेका बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर पनि पराजित भए। उनी वाम गठबन्धन ९एमाले० का उम्मेदवार प्रेमबहादुर आले मगरसँग चुनाबी यात्रा सफल पार्न सकेनन् ।
आलेसँग बलायर ले १६३२ मतान्तरले पराजित भएका हुन्। एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका ओलेले ३२ हजार ५१० मत पाउँदा बलायरले ३० हजार ८७८ मत ल्याएका थिए । बलायर २०७० सालको दोस्रो संविधान सभाको चुनामा उनी डोटी– १ विजयी भएका सांसद पनि हुन








