तालमेल सालमेल गरिँदैन,एक्लै चुनाव लडिँन्छ

काठमाडौं, असोज २३ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘कर्मचारीको कठपुतली’ को संज्ञा दिएका छन् ।

अध्यक्ष विजुक्छेले स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा, सुविधा समेत तोक्न नसकेर सरकारले कर्मचारीहरुको भरपर्ने अराजकतावादी कार्यशैली र सोच लिएको आरोप समेत लगाए । सोमबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकार कर्मचारीको भरमा चलेकाले आफूले कर्मचारी तन्त्रको कठपुतली भन्नु परेको तर्क समेत गरे ।

अध्यक्ष विजुक्छेले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा कुनै दलसँग पनि तालमेल नगर्ने पनि स्पष्ट पारे । उनले काँग्रेस नेतृत्वको प्रजातान्त्रिक र एमाले नेतृत्वको बाम गठबन्धन जाली, फटाहा र भ्रष्टहरुको अखडा भएको दावी गर्दै चुनावमा एक्लै लडने निर्णयमा पुगिएको पनि बताए । अध्यक्ष विजुक्छेले भारतले नेपाललाई समृद्ध हुन नदिन पुष्पकमल दाहाल र बाबुराम भट्टराईमार्फत एमालेसँँग एकता प्रस्ताव अघि सार्न लगाएको दावी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =