दुर्घटनामा एकको मृत्यु,२० जना घाइते
२०७४ जेठ १५ गते


असार ४, नेपालगञ्ज । बुटवलदेखि सुर्खेत जाँदै गरेको यात्रु बाहक बस कोहलपुर ढकेरी सडक खण्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी शुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार बिहान करिव साढे २ बजेतिर तीब्र गतिका कारण दुर्घटना हुँदा एक जनाको घटनस्थलमै ज्यान गएको हो । दुर्घटनामा परी मृत्यू हुनेमा बसका यात्रु निलु अधिकारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक काफ्लेले बस तीब्रगतिमा रहेको र सह–चालकले चलाएको अवस्थामा घटना घटेको प्रारम्भिक जानकारी आएको जानकारी दिनुभयो । बसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








