नेपाल पुलिस क्लब आहा राराको फाइनलमा

पोखरा, माघ १८ । १६औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल खेलमा नेपाल पुलिसले धरान फुटबल क्लबलाई १-० गोलले हराउदै फाइनलमा प्रबेश गरेको छ । बिहिवार पोखरा रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लवले धरान फुटवल क्लवलाई हराएको हो ।

२२औँ मिनेटमा पाएको पेनाल्टीलाई सुमन लामाले गोल गर्दै नेपाल पुलिस क्लबलाई फाईनल खेलमा प्रबेश गराएका हुन् ।
रोमन लिम्बुले डिबक्सभित्र रवि पासवानलाई तानेर लडाएपछि रेफ्री सुदेश पाण्डेले पहेलो कार्ड देखाउँदै पेनाल्टीको मौका दिएका थिए । धरानले पोखराको मैदानमा आफुलाई पुलिस भन्दा अब्बल देखाउन निकै मेहनत गर्याे । यद्यपी गोल भने निस्किएन ।

एकपछि अर्को मुभ बनाएको धराने प्रयासलाई हरेक पटक पुलिसका डिफेन्सले जोगाउँदै पुलिसलाई फाईनलको यात्रा तय गराउने भूमिका निर्वाह गरे । खेलको ३५ औं मिनेटमा डिफेन्स समेत विट भईसकेको अवस्थामा पुलिसका गोलकिपरले क्लियर गर्न खोजेको बल धरानका निशान लिम्बुसँग रिफ्लेक्ट हुदैं पोष्ट नजिकैबाट बाहिरियो । कर्नरको अवसर पाएको धरानले सदुपयोग गर्न सकेन् ।

पोखराको मैदानमा धरान फुटबल क्लब र नेपाल पुलिस क्लबको बिहीबारको भेट भने तेस्रो थियो । छैटौं र १२ औं सस्करणमा पुलिस क्लबसँग पराजित भएको धरान १६ औं सस्करणमा पराजित हुन पुग्यो । धरानले ९० मिनेटसम्मको खेलमा छ पटक कर्नर हान्ने अवसर पाएको थियो ।

पुलिसले भने ११ औं मिनेटमा अभिषेक रिजालको प्रहार पन्च सेभ भएको थियो । ३५ यार्ड टाढाबाट प्रहार बल सिधै पोष्टको दिशातर्फ गएको थियो । तर गोलकिपरले बचाउ गर्दै धरानमाथिको दवावलाई मत्थर बनाएका थिए ।

खेलमा नेपाल पुलिस क्लबका गोलकिपर शत्रुघन चौधरीलाई म्यान अफ दि म्याच हुन सफल भए । फाइनल खेल नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लब बीच हुने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 2 =