न्याय सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग : प्रधानन्यायाधीश

पुस ३, काठमाडौँ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सूचना प्रविधिमार्फत् न्याय सेवालाई प्रभावकारी बनाउन आफू लागि परेको बताएका छन् ।

प्रधानन्यायाधीश पराजुलीले न्याय सम्पादनको कामलाई प्रभावकारी बनाउन उत्साहका साथ सक्रिय सहयोग गर्न पनि सम्बद्ध सबै पक्षलाई सचेत गराए । सोमबार न्याय परिषदको २७ औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्याय सेवालाई छिटो, छिरितो र प्रभावकारी बनाउन सबै न्यायाधिशहरु अहोरात्र खटिरहेको भन्दै खुसी पनि व्यक्त गरे । परिषदका अध्यक्ष समेत रहनु भएका पराजुलीले न्याय सेवालाई प्रभावकारी बनाउन सबै कानुन व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै कानुन मन्त्री यज्ञबहादुर थापाले न्यायपालिकालाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले न्यायिक सुशासन कायम गरी न्यायका उपभोक्तालाई छिटो, छरितो, सुलभ र प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्नु पर्ने पनि बताए ।

नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले संवैधानिक व्यवस्था अनुसार न्याय परिषदले आफ्नो कामलाई अघि बढाउनुपर्ने बताए । उनले सर्वोच्च अदालतको रिक्त न्यायाधिश पदमा नेपाल बारको तर्फबाट प्रतिनिधित्व गराउन पनि न्याय परिषदसँग माग गरे । अध्यक्ष केसीले न्याय परिषदले दिएको जिम्मेवारी पूरा गर्न आफूहरू तयार रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =