दोस्रो चरणको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदै


असार ४, काठमाडौं । स्थानीय निकायको दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवारी दर्ता प्रक्रिया शुरु भएको छ । आज तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आज उम्मेदवारी दर्ता सुरु भएको हो ।
निर्वाचन आयोगले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ । सम्बन्धीत स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउन सकिने बताईएको छ ।
प्रदेश नं. १, ५ र ७ मा असार १४ गते चुनाव हुनेछ । १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा दोस्रो चरणमा चुनाव हुन लागेको हो । प्रदेश नम्बर २ मा भने असोज २ गते चुनाव गराउने निर्वाचन आयोगले निर्णय गरेको छ । प्रदेश नम्बर ३, ४ र ६ मा भने गत बैशाख ३१ गते चुनाव भएको थियो ।
प्रदेश नम्बर १, ५ र ७ मा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् । यी मतदाताले निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चुन्न निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
चुनाव गराउनका लागि ३६४ मतदान केन्द्र तोकिएका छन् । सुरक्षाकर्मी बाहेक ६६ हजार ९ सय कर्मचारी चुनाव गराउन खटाइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =