जासुसी गर्न माहिर यी महिला, मार्न लाग्दा सैनिकलाई नै दिइन ‘हट किस’

एजेन्सी । करिब ५० हजार मानिसहरूको मृत्युका लागि दोषी ठहर गरिएकी महिला जासुस ‘माता हारी’लाई फ्रान्सले मृत्युदण्ड दिएकाे थियाे । उनी विश्व प्रख्यात सुन्दरी थिइन् । आफ्नो सुन्दरतालाई औजारका रूपमा लिई उनले फ्रान्स र जर्मनीका लागि जासुस गर्थिन् । उनी एक प्रख्यात नृत्यांगना पनि थिइन् । पहिलो विश्वयुद्धको समयमा उनले पेरिसमा गरेको नृत्य हेर्नका लागि सरकारी अधिकारी र सैनिक क्षेत्रका प्रख्यात व्यक्तिहरू आउने गर्थे ।

उनले त्यस समय सैनिक क्षेत्रका उच्चस्थ व्यक्तित्वहरूसँग प्रेमको नाटक गरेर एक देशको सूचना अर्काे देशलाई उपलब्ध गराएको अनुसन्धानबाट पत्ता लागेको छ । त्यति बेला जर्मनीका राजकुमारसँग उनको राम्रो सम्बन्ध थियो । उनले विवाह भने इन्डोनेसियामा गरेकी थिइन् । विवाहपश्चात् उनी नृत्य कलासँग आबद्ध भएकी थिइन् ।

प्रथम विश्वयुद्धको समयमा फ्रान्सले जर्मनीबारे कतिपय सूचनाहरू उनीबाटै पत्ता लगाएको थियो । उनले त्यति बेला दोहोरो भूमिकामा काम गरिन् । उनले जर्मनीको सूचना फ्रान्सलाई र फ्रान्सको सूचना जर्मनीलाई दिएर रकम आर्जन गर्थिन् ।

उनले सरकारी महत्त्वपूर्ण सूचनाहरू जर्मनीलाई दिएको पत्ता लागेपछि फ्रान्स सरकारले सन् १९७१ मा नियन्त्रणमा लियो । फ्रान्सेली सेनाले पत्ता लगाएको विभिन्न प्रमाणहरूका आधारमा माता हारीलाई करिब ५० हजार मानिसहरूको मृत्युको जिम्मेवार ठहराइयो । सन् १९१७ सेप्टेम्बर १५ मा उनलाई फ्रान्स सरकारले गोली हानी हत्या गरेको थियो । त्यति बेला उनी ४१ वर्षकी थिइन् । गोली हान्ने समयमा गोली हान्ने सैनिकलाई नै ‘हट किस’ दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =